चार पाङ्ग्रे गाडि




चार पाङ्रग्रे गाडि !
त्यो चार पाङ्रग्रे गाडि संग मालाई सार्है डर लाग्छ।
सुर्य अस्ताय पछि चलमलाउने हात
र रात संगै चर्का हुने बात संग डर लाग्छ।

त्यो चार पाङ्रग्रे गाडिको
मुख मुख सम्म आउने हुल
छिटो गर्दा गर्दै भएको भुल
र जति सक्दो कोचारीने रुल संग डर लाग्छ।

 त्यो चार पाङ्रग्रे गाडिको
ढोकामा झुड्डिदा चल्ने चिसो हावा
नाङगो घाँटिमा फुकिने तातो बाफ
र सयौ आँखाका बैमनस्यता संग डर लाग्छ

त्यो चार पाङ्रग्रे गाडिमा
रातो रंगले कुदिएका नामे सीट
नामे सीटमा राज्य गर्ने बेनामे राजा
र देखेको नदेख्यै गरि चुप बस्ने प्रजा संग डर लाग्छ।

त्यो चार पाङ्रग्रे गाडिमा
मौका कुरेका दुर्योधन र दुशासन
लाचार हेरी रहने युधिष्ठिर
र आँखामा पट्टि बानेर बस्ने गान्धारी संग डर लाग्छ।

त्यो चार पाङ्रग्रे गाडिमा
चार चिज खाएर गनाउने
चार खुट्टामा हिन्न लरबराउने
र चार तिर हात डुलाउने नर संग डर लाग्छ

हो !
त्यहि चार पाङ्रग्रे गाडि संग मालाई सार्है डर लाग्छ।
सुर्य अस्ताय पछि चलमलाउने हात
र रात संगै चर्का हुने बात संग डर लाग्छ।

Comments

Popular Posts